धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

राष्ट्रिय भूमि आयोगको सदस्यमा डोटीका शाहा सहित ४ सदस्य थपिए

राष्ट्रिय भूमि आयोगको सदस्यमा डोटीका शाहा सहित ४ सदस्य थपिए

काठमाडौं । राष्ट्रिय भूमि आयोगका सदस्यमा डोटीका टेक बहादुर शाह सहित चार जना सदस्य थपिएका छन् ।

थपिने सदस्य हरुमा डोटीका टेकबहादुर शाह, रौतहटका राघोराय यादव, काभ्रेका बासुदेव हुमागाई र इलामका दाताराम खनाल रहेका छन् । यसअघि आयोगको अध्यक्षमा केशव निरौला, उपाध्यक्ष नहेन्द्र खड्का नियुक्त भएका थिए ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितीमा मन्त्रालयमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष निरौलाले आयोगका नवनियुक्त सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । सो क्रममा मन्त्री श्रेष्ठले राष्ट्रिय भूमि आयोगको गठनको उदेश्य एवं संविधानको भावना र मर्म अनुसार काम गर्न आयोगका पदाधिकारीहरुलाई निर्देशन समेत दिएका छन् ।

मन्त्री श्रेष्ठले आगामी दिनमा फेरि पनि आयोग गठन गरिरहनुपर्ने तथा भूमि सम्बन्धी विषयमा हात हालिरहनुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्न पनि आयोगका पदाधिकारीहरुलाई आग्रह गरिन् । उनले भूमिहिन दलित, भूमिहिन र सुकुम्बासीको समस्या समाधान होस् भन्ने सोचकासाथ मन्त्रालयले कार्ययोजना तर्जुमा गरी दिशा निर्देशित गरेकाले सोही अनुसार व्यवहारमा नै देखिने र नागरिकले अनुभुती गर्ने गरी काम गर्न समेत निर्देशन दिइन् ।