धनगढी पोष्ट
मङ्गलबार, २३ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीकी कोरोना संक्रमित महिलोको मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी उप–महानगरपालिका–५ की ७२ बर्षिया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा सेती अस्पतालको परिक्षणमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा १ सय ७ जनाको स्वाव परिक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । उनका अनुसार मंगलबार सम्म अस्पतालमा २ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।