धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024
नेकपा एमालेको प्रदेश कमिटि बैठक

बैठकमा बोलाउदा नआउनेले सामाजिक सञ्जालमा कराएर केही हुँदैन : कर्ण थापा

बैठकमा बोलाउदा नआउनेले सामाजिक सञ्जालमा कराएर केही हुँदैन : कर्ण थापा

धनगढी । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले उपाध्यक्ष भीम रावललाई बैठकमा बोलाउँदा बोलाउँदै पनि नआएको बताएका छन् । बैठकबारे रावललाई आफुले फोनमार्फत जानकारी गराएको बताउँदै अध्यक्ष थापाले जानकारी गराउँदा कराउँदै पनि बैठकमा नआउनेले सामाजिक सञ्जालमा कराएर केही नहुने बताए ।

उनले सामाजिक सञ्चाजलमा जथाभावि लेख्दै रावलले पार्टीमा विवाद निम्त्याउन खाजेको आरोप लगाएका छन् । आफुले फोन गरेर बैठकमा आउन आग्रह गर्दा नआएका भीम रावलले सामाजिक सञ्चालबाट पार्टी बिरुद्ध गतिबिधी पोष्ट गर्दै एमालेमा विवाद निम्त्याउन खाजेको अध्यक्ष थापाको आरोप छ । तर अव कसैले चाहेर पनि एमालेमा विवाद हुन नसक्ने उनले बताए ।

फोन गरेर प्रदेश स्तरिय बैठकमा आउन आग्रह गर्दा आउँदैन भन्ने भीम रावलले सामाजिक सञ्चालको दुरु पयोग गरेर पार्टीमा विवाद निम्त्यान खोजेका छन्, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिको पूर्ण बैठकमा बोल्दै अध्यक्ष थापाले भने,‘तर अव कसैले चाहेर पनि एमालेमा विवाद उत्पन्न हुँदैन, त्यसतो मानसिकता त्यागे हुन्छ ।

उनले एमाले २०७५ जेठ दुई अघिको अवस्थामा फर्कन नसक्ने पनि बताए । रावल कम्रेडले जेठ २ अघिको संरचना अनुसार पार्टि चल्नु पर्छ भन्ने माग राख्नु भएको छ, उनले भने,‘त्यो सम्भव छैन, सवै मिलेर गए कुनै समस्या हुँदैन ।

 

उनले सामाजिक सञ्जालम मार्फत नभई बैठकमा आएर आफ्ना अभिव्यक्ति राख्न पनि आग्रह गरेका छन् । एमाले लाकतान्त्रिक पार्टी भएको बताउँदै उनले बैठकमा सवैले आफ्ना धारणा राखन पाउने बताए । तर पार्टीका गतिविधी मान्दैन भन्ने अनि सामाजिक सञ्जालमा नाना थरी लेख्ने काम राम्रो हैन, उनले भने,‘त्यो पार्टिी बिरोधी गतिबिधी हो ।

एमाले उपाध्यक्ष रावलले मंगलवार बिहान ट्वीट गर्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएका थिए । उनले धनगढीमा बसेको बैठक प्रदेश स्तरिय नभई गुटको भेला भएको आरोप लगाए ।

बैठकमा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, सहइन्चार्ज नारदमुनि राना, निरु पाल, प्रदेश अध्यक्ष कर्ण थापा, सचिव राजेन्द्रसिंह रावललगायत नेताको उपस्थिति छ ।