धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

डडेल्धुरा विमानस्थल निर्माणका लागि सर्वे गर्न थालियो

डडेल्धुरा विमानस्थल निर्माणका लागि सर्वे गर्न थालियो

धनगढी । डडेल्धुरामा विमान विमालस्थल निर्माणका लागि सर्भेको काम थालिएको छ । जिल्लाको अजयमेरू गाउँपालिका१ पुइलेकमा विमालस्थल निर्माणका लागि सर्भे थालिएको हो ।

विमानस्थल निर्माणका लागि मंगलबार देखि सर्भेको काम थालिएको हो । पुइलेक डडेल्धुरा सदरमुकामबाट १२ किलोमिटरको दुरीमा अवस्थित छ । विमानस्थल निर्माणका लागि १२ सय मिटर जग्गामा सम्भाव्यता सर्भे सुरू गरिएको नेपाल नागरिक उड्ययन प्राधिकरणका उपप्रबन्धक नलबिक्रम थापाले बताए ।

डडेल्धुरामा २०७० सालदेखि विमालस्थल निर्माणका लागि माग राख्दै आएपनि निर्माणको प्रक्रियासमेत थालिएको थिएन । अहिले पुइलेकमा सम्भाव्यता अध्ययन पश्चात सर्भे थालिएको जनाइएको छ ।