नेकपा एमालेको प्रदेश कमिटि बैठक

प्रदेश इन्चार्ज भट्टले भने, रावलजी सङ्गठनात्मक रूपमा अराजकताको सीमा नाग्दै हुनुहुन्छ

प्रदेश इन्चार्ज भट्टले भने, रावलजी सङ्गठनात्मक रूपमा अराजकताको सीमा नाग्दै हुनुहुन्छ

धनगढी । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले भीम रावललाई अराजक भएको आरोप लगाएका छन् ।

मङ्गलवार सम्पन्न एमाले प्रदेश कमिटीको पूर्ण बैठकको  निर्णय सुनाउँदै भट्टले रावलका अभिव्यक्तिहरू लक्षित गर्दै अराजक भइरहेको बताएका हुन् । एमाले उपाध्यक्ष रावलले मङ्गलवार बिहान पोष्ट गरेको ट्विटको जवाफ दिंदै इन्चार्ज भट्टले मतभेदहरू पार्टी कमिटीमा राख्दा उपयुक्त हुने भएपनि मिडिया मार्फत पार्टीमा  भएका  मतभेदहरू सार्वजनिक गर्नु  सङ्गठनात्मक अराजकता भएको बताए ।

कि उहाँले पार्टी नै अवैधानिक हो भन्नु प¥यो, इन्चार्ज भट्टले भने,‘नत्र पार्टीले गरेको निर्णय कसरी अवैध हुन्छ, कसैको स्वार्थ अनुसार महत्वकाक्षा पुरा गर्दा त्यो निर्णय सही हुने अरू निर्णयहरू अवैध हुने भन्ने हुँदैन ।

प्रदेश कमिटि बैठकबारेमा जानकारी दिन फोन गर्दा रावलले नआउने तपाइहरू गर्नुहोस् भन्ने जानकारी दिएको इन्चार्ज भट्टले बताए । बैठकले उपसचिवमा बलदेव रेग्मी र भागरथी बिस्टलाई चयन गरेको छ । भट्टले १ सय ८३ सदस्यीय प्रदेश कमिटी सदस्यहरूमध्ये खाली भएका सङ्ख्या पूर्ति गरेको बताए ।