धनगढी पोष्ट
बुधबार, २४ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित भुपेन्द्र बडुवालको हत्या प्रकरणमा प्रयोग भएको हरितयार प्रहरीले बरामद गरेको छ । टीकापुरस्थित घटनास्थल नजिकै पेट्रोल पम्पको छेउमा हरितयार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बडुवालको हत्यामा प्रयोग भएको खुकुरी बरामद गरिएको बताए । उनले घटनामा चक्कु नभई खुकुरी बरामद भएको बताए ।
‘घटनास्थल नजिकैबाट खुकरी बरामद भएको छ,’ उनले भने,‘चक्कु प्राहर भनिएपनि हत्या प्रकरणमा खुकुरी प्राहर भएको रहेछ ।’ हत्यामा सुंलग्न भएको आसंकामा प्रहरीले ८ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।