धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेतीको परिक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि

सेतीको परिक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षण्मा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ६१ जनाको स्वाव परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सुचना अधिकारी श्रेष्ठका अनुसार बुधबार सम्म सेती अस्पतालमा ३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । ती मध्य २ जनाको आइसिय र १ जनाको भेण्टिलेटर कक्षमा उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए