धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

बडुवाल हत्या प्रकरण पक्राउ परेका ८ जनाको नाम सार्वजनिक

बडुवाल हत्या प्रकरण पक्राउ परेका ८ जनाको नाम सार्वजनिक

धनगढी । कैलालीको टीकापुर नगरपालिका१ मा हत्या गरिएका लम्कीचुहा नगरपालिका१ का भूपेन्द्र बडुवालको हत्या प्रकरणमा पक्राउ परेका ८ जनाको नाम सार्वजनिक गरिएको छ ।

पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, सोही ठाउँ बस्ने २० वर्षीय आर्यन देवकोटा, सोही ठाउँ बस्ने २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय निशान मल्ल , टिकापुर नगरपालिका१ बस्ने २३ वर्षीय प्रबीन रिमाल, टिकापुर नगरपालिका१ बस्ने २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाह रहेका छन् ।

हत्या प्रकरणमा फरार रहेका भनिएका नवीन रावलका बुबा आमा र भाईलाई भने सुरक्षाका लागि सुरक्षा घेरामा राखिएको इलाका प्रकरी कार्यालय टिकापुरले जनाएको छ ।

चिसापानी स्थित संगम होटल सञ्चालन गर्दै आएका नवीनका बुबा, आमा र भाईलाई सुरक्षा चुनौति देखिएपछि उनिहरुलाई सुरक्षा घेरमा राखिएको इलाका प्रहरी कार्यालय टिकापुरका इन्चार्ज प्रहरी नायव उपरिक्षक प्रकास साप्कोटाले बताए । घटनास्थलबाट सु.प.प्र.०१००८ प ५५६५ नम्बरको स्कुटर र सु.प.प्र. ०१००८ प १०७२ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लगिएको छ ।