धनगढी पोष्ट आइतबार, ०९ कार्तिक २०८२   October 26, 2025

त्रिभुवन माविको क्वारेन्टिनलाई २५ हजारको सहयोग

त्रिभुवन माविको क्वारेन्टिनलाई २५  हजारको सहयोग

धनगढी,

  धनगढी मा रहेको क्वारेन्टिन व्यवस्थापनमा सहयोग पुयाउने उद्देश्यले वडा नम्बर का व्यवसायीले २५ हजार बराबरको आर्थिक सहयोग प्रदान गरेका छन्

   निर्माण ब्यवसायी चक्र मल्ल, गजेन्द्र स्वार, धीरेन्द्र साउँद, योगेन्द्र चन्द, महेश महराले क्वारेन्टिनमा बस्ने नागरिकको व्यवस्थापन गर्न तथा खानपानमा सहजता पुयाउन २५ हजार बराबरको खाद्यान्न, स्वास्थ्य सामाग्री, स्यानिटाइजर मास्क लगायतका सामाग्री उपलब्ध गराएको वडा अधयक्ष बलबहादुर ऐरले बताए

   व्यवसायीले प्रदान गरेको सामाग्रीले क्वारेन्टिन व्यवस्थापनमा सहयोग पुग्ने वडा सदस्य ओम चन्दले बताए महामारीको समयमा जनप्रतिनिधीले मात्रै सवै कुरा गर्न नसक्ने भन्दै उनले सम्पूर्ण वडा वासीलाई सक्दो सहयोग गर्न आग्रह गरे