धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

नेकपाका महाँसचिव ‘विप्लव’ धनगढीमा

नेकपाका महाँसचिव ‘विप्लव’ धनगढीमा

धनगढी । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) धनगढी पुगेका छन् ।

विप्लभ निकट नेकपाले भोली धनगढीमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न विप्लव धनगढी आएका हुन् ।

यसैगरी पिप्लवले पार्टीको भातृ संगठन दलित मुक्ति मेर्चा नेपालको कार्तिक २७ गते देखी धनगढीमा हुने राष्ट्रिय सम्मेलन उद्घाटन गर्ने कार्यक्रम रहेको विप्लवका सुदूरपश्चिम प्रदेश इन्चार्ज ओमप्रकाश पुनले बताए । राष्ट्रिय सम्मेलन उद्घाटन गरेर विप्लवले कञ्चनपुर स्थित भारतले अतिक्रमण गरेको भूभागको निरिक्षण गर्ने कार्यक्रम रहेको इन्चार्ज पुनले बताए ।

सरकारले पेट्रोलियम पदार्थको मुल्यवृद्ध गरेपछि त्यसको विरोधमा विप्लवले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । विप्लवले सो आन्दोलन पनि सुदूरपश्चिमबाटै गर्ने छन् ।

नेकपा विल्पवले प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको सङ्घर्षको कार्यक्रम घोषणा गरेको छ । जसअनुसार कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन, कात्तिक, २६ गते प्रचार÷प्रसार र साँझ मशाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक, २९ गते दिउँसो सिठ्ठी जुलुस, साँझ मशाल जुलुस र कात्तिक, ३० गते नेपाल बन्दसम्मका कार्यक्रमहरू घोषणा गरेका हुन् ।

सरकारले पेट्रोलियम पदार्थको मुल्य समायोजन नगरे आन्दोलनका थप कार्यक्रम घोषणा गरिने सुदूरपश्चिम प्रदेश इन्चार्ज पुनले बताए ।