धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

धनगढी । सवारी ज्यान मुद्दामा फरार रहेका कैलालीका एक जना प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । जिलला प्रहरी कार्यालय धनगढीका अनुसार धनगढी उपमहानगरपालिका३ बस्ने ४२ बर्षिय लक्ष्मण प्रसाद श्रेष्ठलाई लुकीछीपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

बिहीबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका श्रेष्ठलाई कैलाली जिल्ला अदालतले २०५८ साल असार १२ गते २ महिना २३ दिन कैद तोकेको थियो । त्यस पश्चात उनी फरार थिए । पक्राउ परेका श्रेष्ठलाई कैलाली जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।