धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

४० हजार नक्कली नोट सहित २ जना पक्राउ

४० हजार नक्कली नोट सहित २ जना पक्राउ

धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिकाबाट ४० हजार नक्कली नोट सहित दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बर्दगोरिया गाउँपालिकाको बौनिया बजारबाट एक÷एक हजारका ४० नोट सहित सोही ठाउँका ३१ वर्षीय मोतिराम चौधरी र ४१ वर्षीय हसन चौधरीलाई पक्राउ गरिएको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले नक्कली नोट सहति उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथी थप अनुसन्धान भइरहेको जनाइएको छ ।