धनगढी पोष्ट
शुक्रबार, २६ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । नेपाली कांग्रेसको १४ औं महाँधिवेसन अन्तरगत शनिबार (भोली) देखी हुने वडा अधिवेसन अन्तरगत धनगढी–३ नम्बर वडामा दुई तिहाई मत ल्याउँदै प्यानल सहिच विजयी हुने वडा सभापतिका उम्मेदवार गजेन्द्र सिंहले दावी गरेका छन् ।
नेपाली कांग्रेसको वडा स्तरमा भएको गुटगत राजनीति अन्त्य गरेर सवैलाई मिलाएर लैजान सक्ने क्षमता आफुमा भएको बताउँदै उनले सवै सदस्यबाट आफुलाई सहयोग हुने दावी गरे । वडा लनम्बर–३ मा त्रिविक्रम शाहीले पनि प्यानल सहित वडा सभापतिका लागि उम्मेदवारी दिएका छन् ।
तर आफु वया भएको र थुप्रै क्लव तथा अन्य संघ संस्थामा नेतृत्व गरिसकेकाले आफुले गरेको कामको मुल्याङ्कन गरेर सवै क्रियाशिल सदस्यले आफुलाई मतदान गर्ने अध्यक्षका उम्मेदवार गजेन्द्र बहादुर सिंहले बताए । उनले सवै क्रियाशिल सदस्य संग आफुले भेटघाट गरेको भन्दै उनले सवैले सहयोग गर्ने आस्वासन दिएको बताए ।
वडा नमबर–३ मा कांग्रेसका दुई सय ७४ जना क्रियाशिल सदस्य रहेका छन् । सिंहको टिमबाट उप सभापतिमा एकेनद्र शाही, नारायणदत्त भट्ट सविचमा दानबहादुर विष्ट, महेश ओझो र सह सचिवमा मन्दिप सुरी र लक्षमण फर्चिला सहितका उम्मेदवार रहेका छन् ।