धनगढी पोष्ट
शुक्रबार, २६ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । नेपाली कांग्रेको १४ औं महाँधिवेसन अन्तरगत कैलालीका १ सय २६ वटै वडामा भोली (शनिबार) देखी वडा अधिवेसन सुरु हुने छ । अधिवेसनका लागि सवै तयारी पुरा भएको नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शहा (मनू)ले बताए । अधिवेसनका लागि सवै वडामा निर्वाचन अधिकृत खटाइसकिएको उनले बताए । महाँधिवेसन सफल बनाउन १५ सय १ जनाको मुल समिति र ११ उप समिति गठन गरिएको सभापति शाहले बताए । कैलालीका लागि नेपाली कांग्रेसले टेकबहादुर सुवेदीलाई मुख्य निर्वाचन अधिकारीको जिम्मेवारी दिइएको छ ।
कतिपय वडामा सर्व सम्मत नेतृत्व चयन हुने बताउँदै उनले केही वडामा भने मतदान हुने बताए । कैलाली सभापति शाहले वडा अधिवेसनको अन्तिम नामावली कार्तिक २८ गते भित्रै सार्वजनिक गर्दै ३० गते पालिका अधिवेसन गर्ने तालिका रहेको बताए ।
यसैगरी मंसिर ३ गते प्रदेशसभा अधिवेसन, मंसिर ६ गते संघिय अधिवेसन, मंसिर १० गते जिल्ला अधिवेसन र मंसिर १६ र १७ गते प्रदेश स्तरिय अधिवेसन गर्ने तालिका रहेको सभापति शाहले बताए । कैलालीमा नेपाली कांग्रेसका १८ हजार २ सय ७३ क्रियाशिल सदस्य रहेका छन् ।