धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025

डडेल्धुरामा कांग्रेस महाँधिवेसनले मान्यता पायो

डडेल्धुरामा कांग्रेस महाँधिवेसनले मान्यता पायो

धनगढी । नेपाली कांग्रेस डडेल्धुरामा सम्पन्न वडा तह र पालिका तहको अधिवेसनले मान्यता पाएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले डडेल्धुरा जिल्लाको वडा र पालिका अधिवेशनलाई वैधता दिएको हो । डडेल्धुरामा एक पक्षीय रुपमा संस्थापन समूहले अधिवेशन गरेको भन्दै अर्को पक्षले विरोध जनाउँदै आएको छ ।

निर्वाचन समितिले डडेल्धुराको अधिवेशनलाई मान्यता दिँदै प्रदेश सभा क्षेत्रीय अधिवेशनको मिति तोकेको हो । समितिको पछिल्लो संशोधित कार्यतालिकामा डडेल्धुरामा मंसिर तीन गते प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने उल्लेख छ ।

वडा र पालिका अधिवेशन सम्पन्न भएका ४६ जिल्लामा सोहि मितिमा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ । डडेल्धुराको हकमा निर्वाचन समिति एक मत छ, समिति सदस्य तेजबहादुर रावलले भने,‘अब डडेल्धुरामा फेरि वडा अधिवेशन हुने छैन, बाँकी अधिवेशनका प्रक्रियाहरू कार्यतालिका अनुसार अगाडि बढ्छ ।

डडेल्धुरामा फेरि अधिवेशन हुनुपर्ने माग गर्दै सभापति कर्ण मल्ल सहितको टोली भने आन्दोलन गर्दै अँएको छ । सभापति मल्ललाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको समर्थन गर्दै आएका छन् । आफूहरूको बहिस्कारका बीच अधिवेशन प्रक्रिया अगाडि बढाइएको भन्दै जिल्ला सभापति मल्लले केन्द्रीय निर्वाचन समितिमा उजुरीसमेत दिएका छन् । तर निर्वाचन समितिले भने डडेल्धुराको अधिवेशनलाई मान्यता दिँदै प्रदेश सभा क्षेत्रीय अधिवेशनको मिति तोकेको हो ।

पाँच सदस्यीय निर्वाचन समितिले सर्वसम्मतरुपमा डडेल्धुरा जिल्लाको जारी अधिवेशनलाई वैधता दिएको हो । निर्वाचन समितिको निर्णयविरुद्ध जिल्ला सभापति मल्ल पक्ष आन्दोलनमा छ । समितिले वडा अधिवेशन नभएका जिल्लामा कात्तिक २७ मा अधिवेशनको मिति तोकेको छ ।