धनगढी पोष्ट
आइतबार, २८ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । नेपाली कांग्रेसको १४ औं महाँधिवेसन अन्तरगत शनिबार देखी कैलालीमा भएको वडा अधिवेसनले जिल्लाका १२५ वडामा नेतृत्व चयन गरेको छ ।
जिल्लाका कुल १ सय २६ वडा मध्य १ सय २३ वडामा नेतृत्व चयन भएको, दुई वडामा मत गणना भइरहेको र १ वडामा विचैमा मतदान रोकिएको कांग्रेस कैलालीका महाँधिवेसन प्रचारप्रचार समिति संयोजक नृप सुनारले बताए ।
उनका अनुसार कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–६ मा मतदान प्रक्रिया सुरु भएपनि विचैमा स्थगित भएको छ । वडाका १६ जनाको नाम विचैमा कटौति भएपछि मतदाननै रोकिएको उनले बताए । सुरुमा १६ जनाकै नाम क्रियाशिल सदस्यको सूचिमा राखिएको तर मतदान गर्दा उनिहको नाम नभेटिए पछि विवादका कारण मतदान रोकिएको संयोजक सुनारले बताए ।
सो वडामा वडामा के गर्ने भन्ने विषयमा जिल्ला निर्वाचन समितिले छलफल गरिरहेको उनले बताए । वडा अधिवेसन गर्ने सम्पुर्ण जिम्मा निर्वाचन समितिलाई दिइएको भन्दै उनले सो समितिले गरेको निर्णय अनुसार अघि बढ्ने बताए ।