धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

प्रधानन्यायधिसको राजिनामा मागगर्दै कैलाली जिल्ला अदालतमा बारको धर्ना

प्रधानन्यायधिसको राजिनामा मागगर्दै कैलाली जिल्ला अदालतमा बारको धर्ना

धनगढी । सर्बोच्च अदालतका प्रधान न्यायधिस चोलेन्द्र समशेर जबराको राजिमामा मात्र गर्दै कैलाली बार एशोसियसनले जिल्ला अदालत अगाडी धर्ना दिएको छ ।

बारका पदाधिकारी तथा अधिबक्ताले हातमा कोलोपट्टी बाँधेर जिल्ला अदालत अगाडी १ घण्टा धर्ना दिएका हुन् । बारको केन्द्रिय तालिका अनुसार कैलाली बारले प्रधान न्यायधिसको राजिनामा माग गर्दै आन्दोलन गरिएको बारका अध्यक्ष शिद्धराज ओझाले बताए । राजनीतिक भाग मागेर प्रधानन्यायधिसले अदालतको गरिमालाई कम्जोर बनाउन खोजेपछि उहाँको राजिनामा माग गरिएको अध्यक्ष ओझाले बताए ।