धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

पाँच महिना पछि खुल्यो बाजुरा जोड्ने सडक

पाँच महिना पछि खुल्यो बाजुरा जोड्ने सडक

धनगढी । दार्चुला सदरमुकाम मार्तडीमा ५ महिना पछि सडक सुचारु भएको छ । जेठको अन्तिम साताबाट बन्द भएको साफे मार्तडी सडक खण्ड मर्मत पछि आइतबार देखी सो क्षेत्रमा बस सञ्चालन भएको हो ।

साफे मार्तडी सडक खण्डको द्धारी क्षेत्रमा गएको पहिरोका कारण पाँच महिनादेखी बल्देबाट बस सेवा सञ्चालन हुँदै आएकोमा आईतबारबाट सदरमुकाम मार्तडीबाट सूचारु भएको हो ।

वर्षातको समयमा साँफे मार्तडी सडक खण्डअन्तरर्गत बल्देदेखि दवारी सम्मको सडकमा पहिरोका कारण बस सेवा सदरमुकामसम्म सूचारु हुन सकेको थिएन । जसका कारण बसहरु बल्देबजारबाट सूचारु हुँदै आएको थियो ।