धनगढी पोष्ट
सोमबार, २९ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । खुकुरी प्राहर गरी हत्या गरिएका भुपेन्द्र बडुवाल प्रकरणमा थप छानविन गर्न केन्द्रय अनुसनधान ब्यूरोको टोली टिकापुर गुनेको छ । घटना भउको १ सता सम्म पनि कारण पक्ता नलागेपछि केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबि) को टोलीलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीले अनुरोध गरेको थियो ।
सोही अनुसार सोमबार सिआबिको टोली टिकापुर आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुई सदस्यीये सिआइबि टोलीले सोमबार देदिनै अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ ।
हालसम्म हत्यामा ९ जना आरोपीहरू पक्राउ परेका छन् । सुरूमा ८ जना पक्राउ परेकामा आइतबार प्रहरीले थप एक जनालाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा प्रहरीले आइतबार लम्कीचुहा–५ का विकास खड्कालाई पक्राउ गरेको हो ।
यस्तै हत्याको भोलिपल्टै गत बुधबार प्रहरीले आठ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ चिसापानीका २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय किशोर, टीकापुर नगरपालिका–१ का २३ वर्षीय प्रविन रिमाल, २१ वर्षीय रोहित आले र २६ वर्षीय सोहन शाह रहेका छन् ।
गत मंगलबार राति लम्कीचुहा नगरपालिका १ का २२ वर्षीय भूपेन्द्र बडुवालको टीकापुर नगरपालिका १ मा हत्या गरिएको थियो ।