धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025

कांग्रेस कैलालीको पालिका अधिवेशन आजदेखि शुरु हुँदै

कांग्रेस कैलालीको पालिका अधिवेशन आजदेखि शुरु हुँदै

धनगढी । नेपाली कांग्रेस कैलालीको १४ औं महाँधिवेसन अन्तरगत कैलालीमा आज देखी पालिका अधिवेसन सुरु भएको छ ।

क्रियाशिल सदस्यता विवादका कारण पछाडी धकेलिएको कैलालीको अधिवेसन कार्तिक २५ गते देखी मात्रै सुरु भएको थियो । कार्तिक २५ गते कांग्रेसले कैलालीका १ सय २६ वटै वडामा वडा अधिवेसन उद्घाटन गरेको थियो । सोमबार सम्म सवै वडामा नेतृत्व चयन भइसकेको जनाइएको छ ।

वडा पछि मंगलबार देखी हुने पालिका अधिवेसनका लागि सवै तयारी पुरा भएको नेपाली कांग्रेस कैलालीका महाँधिवेसन प्रचारप्रचार समिति संयोजक नृपबहादुर सुनारले बताए । पालिका अधिवेसनका लागि दुई हजार पाँच सय बढी क्षेत्रिय प्रतिनिधी छनौट भएका उनले बताए । सवै वडाबाट प्रतिनिधीको संख्या आएको छैन, उनले भने,‘तर दुई हजार पाँचसय बढीको संख्यामा प्रतिनिधी छनौट भएका छन्, उनिहरुलनै पालिकाको नेतृत्व चयन गर्ने छ ।

कांग्रेको पालिका अधिवेसनमा नगर तथा पालिका सभापतिका लागि क्षेत्रिय प्रतिनिधी छनौट भएको व्यक्ति मात्रै उम्मेदवारी बन्न पाउँछन् भने सदस्यका लागि क्षेत्रिय प्रतिनिधी नभएको व्यक्तिले पनि उम्मेदवारी दिन पाउने व्यवस्था छ । तर पदाधिकारी छनौटका लागि भने क्षेत्रिय प्रतिनिधीले मात्रै सहभागिता जनाउन पाउने व्यवस्था छ ।

पालिका अधिवेसन सम्पन्न गर्नका लागि कांग्रेस कैलालीका सभापति नरनारायण शाह (मनु) को संयोजकत्वमा एक हजार पाँच सय १ जनाको मुल समिति र ११ उप समिति तयार गरिएको छ, संयोजक सुनारले भने,‘सवै पालिकामा तयारी पुरा भएको छ, मंगलबार १३ वटै पालिकामा अधिवेसन सुरु हुने छ ।

उनका अनुसार कैलालीमा नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न भएसंगै पालिका र क्षेत्रीय अधिवेशनका लागि दौडधुप बढेको छ । पालिका अधिवेशनका लागि धमाधम उम्मेदवारी घोषणा गर्नेक्रम रहेको उनले बताए ।

पालिका अधिवेसनका लागि सोमबार सम्म कैलालीको धनगढी उपमहानगरपालिका र गौरिगंगा नगरपालिकामा उम्मेदवारी घोषणा भइसकेको छ । धनगढी उपमहानगरपालिका नगर सभापतिमा वर्तमान नगर सचिव यज्ञराज जोशीले उम्मेदवारी घोषणा गरेका छन् भने गौरिगंगा नगर सभापतिमा पहल चन्द र मोहन साउँदले उम्मेदवारी घोषणा गरेको प्रचारप्रचार संयोजक सुनारले बताए ।

यस्तै गोदावरी नगरपालिकामा नगर सभापतिका लागि बिरबहादुर चोखाल र बिष्णु बडैलाले उम्मेदवारी दिने छन् । घोडाघोडी नगर सभापतकिा लागि कालिराम चौधरी, लम्कीमा इन्द्र कुंवर र भक्तबहादुर चलाउनेले दावी गरेको प्रचारप्रसार समिति संयोजक सुनारले बताए ।

कैलालीमा मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन गर्ने तालिा रहेको छ । मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भएपछि मंसिर १० गते जिल्ला अधिवेशन तोकिएको छ ।