धनगढी पोष्ट
मङ्गलबार, ३० कार्तिक २०७८ मा प्रकाशित
धनगढी । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दले जनजीवन प्रभावित भएको छ । पेट्रोलिय पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता गरिनुपर्ने माग राख्दै विप्लले बन्द आह्वान गरेको थियो । धनगढीसहितका विभिन्न ठाउँमा मंगलबार विहानैदेखि सार्वजनिक सवारीहरु चल्न सकेका छैनन् ।
जस्ले बिहानैदेखि यात्रुले सास्ती पाएका छन् । नीजि सवारी र अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु सामान्य रुपमा सञ्चालन भएपनी लामो दूरीबाट यात्रा गरेर धनगढी आएका यात्रु अलपत्र परेका छन् ।
विभिन्न जिल्लाबाट धनगढी आइपुगेका यात्रु बसपार्क लगायतका क्षेत्रमै अलपत्र परेका छन् । बन्दको प्रभाव कम गर्न ठाउँठाउँमा प्रहरी परिचालन गरिएपनि विप्लवका कार्यकर्ता नाराबाजी सहित बजार भरी छरिएका कारण व्यवसाय भने बन्द छन् ।