धनगढी पोष्ट
मङ्गलबार, ३० कार्तिक २०७८ मा प्रकाशित
धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतलमा गरिएको कोरोना परिक्षणमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ५९ जनाको स्वाव परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार मंगलबार सम्म अस्पतालमा ५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ, भने मंगलबार ३ जना कोरोना निकोभएर घर गएका छन् ।