धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025

कैलालीका ४ पालिकामा बन्दका कारण काँग्रेस अधिवेशन स्थगित

कैलालीका ४ पालिकामा बन्दका कारण काँग्रेस अधिवेशन स्थगित

धनगढी । पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गरिनुपर्र्ने माग राख्दै नेकपा (विप्लव)ले गरेको नेपाल बन्दका कारण मंगलबार देखि कैलालीमा सुरुभएको कांग्रेसको पालिका अधिवेसन प्रभावित बनेको छ ।

बन्दका कारण कैलालीका ४ पालिकामा अधिवेसन हुन नसककेको कांग्रेस जिल्ला कार्यसमिति कैलालीले जनाएको छ । महाँधिवेसन प्रचारप्रसार समिति कैलालीका संयोजक नृप सुनारका अनुसार विप्लवबले गरेको बन्दका कारण धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका र भजनी नगरपालिकाको पालिका अधिवेशन स्थगित गरिएको छ ।

बन्दका कारण मतदाता तथा उम्मेदवार अधिवेसन स्थल सम्म जान नसक्दा अधिवेसन स्थगित गरिएको संयोजक सुनारले बताए । ४ वटै पालिकामा भोली (बुधबार) विहान ८ बजे देखि अधिवेसन सुचारु गर्ने निर्णय गरिएको उनले बताए ।

कैलालीका १३ मध्य बाँकी ९ पालिकामा भने मंगलबार देखिनै अधिवेसन सुरु भएको उनले बताए । उनका अनुसार कैलाली गोदावरी नगरपालिका, चुरे गाउँपालिका, मोहन्याल गाउँपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका, लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकामा मंगलबार देखि पालिका अधिवेसन सुरु भएको छ ।

क्रियाशिल सदस्यता विावादका कारण निर्धारित मितिमा अधिवेसन हुन नसकेको कैलालीमा कार्तिक २५ गते देखी वडा अधिवेसन सुरु भएको थियो । कार्तिक ३० गते पालिका अधिवेसन सम्पन्न गर्दै कैलालीमा मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन गर्ने तालिका रहेको छ । कैलालीमा मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन गर्ने र मंसिर १० गते जिल्ला अधिवेशन गर्ने कांग्रेसको कार्यतालिका रहेको छ ।