धनगढी पोष्ट
मङ्गलबार, १६ असार २०७७ मा प्रकाशित
धनगढी
मोटरसाईकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । बर्दगोरीया गाउँपालिका वडा नम्वर १ स्थित राजमार्गमा भे ६ प २५२० नम्वरको मोटरसाईकलले साईकललाई ठक्कर दिदा एक बालकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टका अनुसार साईकलमा सवार बर्दगोरीया गाउँपालिका वडा नम्वर २ का ३० बर्षीय रमेश परियारका ५ बर्षीय छोरा हिमान्शु परियारको मृत्यु भएको हो । मोटरसाईकलको ठक्करबाट घाईते भएका उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक विष्टले बताए ।
मोटरसाईकल चालक घोडाघोडी नगरपालिका वडा नम्वर ८ का २५ बर्षीय सुरेश चौधरी, मोटरसाईकलमा सवार बर्दगोरीया गाउँपालिका वडा नम्वर ३ का २६ बर्षीय जयदेव चौधरी र मृतक बालकका बुवा साईकल चालके रमेश परियार घाईते भएका छन् ।
उनीहरुमध्ये मोटरसाईकल चालकको अवस्था गम्भिर रहेको र घाईते तीन जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।