धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
कैलाली क्षेत्रनम्बर–२ मा एमालेको विवाद

कैलालीमा भीम रावल पक्षलेले बोलायो समानान्तर प्रतिनिधी छनौट भेला, संस्थापन पक्षद्वारा कारवाहीको चेतावनी

कैलालीमा भीम रावल पक्षलेले बोलायो समानान्तर प्रतिनिधी छनौट भेला, संस्थापन पक्षद्वारा कारवाहीको चेतावनी

धनगढी । कैलाली क्षेत्रनम्बर२ मा एमाले उपाध्यक्ष भीम रावल र अध्यक्ष केपिशर्मा ओली पक्षको विवाद सतहमा आएको छ ।

मंगलबार कैलाली क्षेत्र नम्बर२ मा एमालेले महाँधिवेसन प्रतिनिधी छनौट गरेको छ । तर भीम रावल पक्षले भने मंगलबार भएको छनौटलाई नमान्ने भन्दै बुधबार (आज) फेरी महाँधिवेसन प्रतिनिधी छनौटका लागि भेला आह्वान गरेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर तथा एमालेका प्रदेश कमिटि सदस्य महाँदेव बजगाईले सामाजिक सञ्जाल मार्फत बुधबारकालागि महाँधिवेसन प्रतिनिधी छनौट भेला आह्वान गरेका छन् । उनले कैलालीको लम्कि स्थित मनोहरा होटलमा भेला आयोजना गरिएको आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् ।

बुधबार भएको प्रतिनिधी छनौट पार्टीको नभई गुटको आयोजनामा भएको उनि बताउँछन् । मंगलबार एउटा गुटले केही मानिसलाई टिपेर महााधिवेसन प्रतिनिधी हो भन्दै हल्ला चलाएछन्, बज्गाईले भने,‘त्यो भ्रम छर्नेकाम मात्रैहो, क्षेत्र नम्बर दुईमा पार्टीको भेला भएको छैन, बुधबार मात्रै हामिले महाधिवेसन प्रतिनिधी छनौट गर्दै छौं । बजगाई एमाले उपाध्यक्ष भीम रावल निकट हुन् ।

एमाले कैलालीका अध्यक्ष रतन थापाले भने मंगलबार गरिएको प्रतिनिधी छनौट पार्टीको आधिकारिक भएको बताए । उनले पार्टीको आधिकारिक भेलाले मंगलबार ९ जना महााधिवेसन प्रतिनिधी सर्व सम्मत चयन गरिएको बताए । उनले पार्टीका विरुद्ध गतिबिधी गरेमा कारवाही गर्ने चेतावनी समेत  दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्ष थापाले भनेकाछन्–‘  नेकपा एमाले लम्किमा कुनै किसिमको कार्यक्रम नरहेको हुँदा कहिँ कतै भ्रममा नपरी पार्टीको आधिकारिक आयोजना गरिएका कार्यक्रम बाहेकका अन्य जुनसुकै अनधिकृत नाममा गरिएका कार्यक्रम व्यक्तिका निजि कार्यक्रम हुन पार्टी जीवनमा यिनको कुनै औचित्य र स्थान छैन र तिनलाई पार्टीले कार्यक्रमको प्रकृति र उदेश्य हेरि उचित कार्वाहीको बिषय बनाउने छ । र त्यस्ता कार्यक्रममा भुलबस पनि सहभागी नहुन सम्पूर्ण पार्टी सदस्य कमरेडहरुलाई सुचित गरिन्छ । अब पार्टीमा हिजोको जस्तो अराजकतालाई सहने र हेरि बस्ने छुट छैन । त्यसैले कसैको उस्काहट,इगो र पार्टीको आन्तरिक जीवनलाई बिरोधि शक्तिका अगाडि कमजोर देखाउन चालेको कदमलाई कुल्चदै दशौ महाधिवेशनको भव्य सफलताको तर्फ आआफ्नो सकारात्मक योगदानको बारेमा सोचौं । एमालेले आजै धनगढीमा पत्रकार सम्मेलनको आयोजना समेत गरेको छ ।