धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

कञ्चनपुरमा बढे औंलो रोगी

कञ्चनपुरमा बढे औंलो रोगी

धनगढी । कञ्चनपुरमा औलोका बिरामी बढेका छन् । पछिललो चार महिनामा मात्रै कञ्चनपुरमा १७ जनामा औलो देखापरेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । औलो रोग देखिएका मध्य १५ जना भारतबाट आएका थिए ।

कञ्चनपुरमा हाल प्लाज्मोडियम विवक्स र प्लाज्मोडियम फाल्सिपेरम जातको औलोका बिरामी देखा परेका हुन् । भारतबाट आएका ३ जनामा प्लाज्मोडियम फाल्सिपेरम देखिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले बताए ।

औलो निवारणका लागि अहिले लामखुट्टेहरु समातेर ल्याबमा जाँच गर्ने काम भईरहेको उनले बताए । स्वास्थ्य कार्यालयको तथ्याङ्ग अनुसार आर्थिक वर्ष २०७६÷७७ मा एक सय १३ जना औलोका बिरामी भेटिएका थिए ।

कञ्चनपुरमा मलेरिया सार्ने खालको लामखुट्टे प्रशस्त भेटिने भएकाले औंलो निवारणमा थप चुनौती देखिएको छ ।