धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

सुदूरपश्चिमका ९ वटै जिल्लामा एमालेले छान्यो महाँधिवेसन प्रतिनिधी

सुदूरपश्चिमका ९ वटै जिल्लामा एमालेले छान्यो महाँधिवेसन प्रतिनिधी

धनगढी नेकपा एमालेले चितवनमा हुने १० औं महाँधिवेसनका लागि सुदूरपश्चिमका ९ वटै जिल्लाबाट महाँधिवेसन प्रतिनिधी चयन गरेको छ । एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाका अनुसार प्रदेशबाट १ सय ६० भन्दा बढी महाँधिवेसन प्रतिनिधी छनौट भएका छन् ।

महाँधिवेसन प्रतिनिधी छनौट गर्दा संघिय निर्वाचन क्षेत्रमा रहेका संगठित सदस्यको संख्यालाई आधार मानिएको उनले बताए । तर सुदूरपश्चिममा संख्यालाई आधार मान्दा केही तलमाथी भएका कारण महाँधिवेसन प्रतिनिधीको संख्या केही बढ्ने उनले बताए । यसैगरी मज्दुर संगठनबाट पनि प्रतिनिधि आउने हुँदा सो संख्या पनि बढ्न सकने अध्यक्ष थापाले बताए ।

अध्यक्ष थापाका अनुसार कैलालीमामा ४४ जना, डडेल्धुरामा ११ जना, बाजुरामा २१ जना, कञ्चनपुरमा १६ जना, डोटीमा १६ जना, अछाममा १४ जना, दार्चुलाको १२ जना, बैतडी १५ जना र  बझाङबाट ११ जना महाँधिवेसन प्रतिनिधी छनौट भएका छन् ।