धनगढी पोष्ट
बुधबार, ०१ मङि्सर २०७८ मा प्रकाशित
धनगढी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पूजाका लागि डोटिको प्रशिद्ध धार्मिक स्थल बडिकेदा पुगेका छन् ।
अध्यक्ष नेपाल संगै रसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले मगर पनि बडिकेदार पुगेका छन् । पवित्र धार्मिक तीर्थस्थल बडिकेदारमा आज (कार्तिक शुक्ल त्रयोदशी)मा लाग्ने ठूलाकेदार मेलाको पूजाका लागि अध्यक्ष नेपाल डोटी पुगेका मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले बताए ।
बडिकेदारमा हरेक वर्ष तिहारपछिको चतुर्दशी तिथिमा पूजाआजा तथा मेला लाग्ने गर्दछ । बडिकेदारको ढुङ्गाका शिलामा पूजाआजा गर्ने गरिन्छ । शिवजीको प्रतिमूर्तिका रूपमा रहेको बडिकेदार शिला नजिकै ढुङ्गामा गाई र बाच्छाको मूर्तिसमेत छ । मूर्ति रहेको स्थान भौगोलिक रुपमा विकट अर्थात भिरको बीचमो छ । अन्य देवीदेवताको मन्दिरमा भन्दा बडिकेदारमा विभिन्न जातजाती भाषाभाषीको समान आस्थाको केन्द्र बन्दै गएको छ ।
बडिकेदा मेलामा नेपाल संगै भारतको उत्तर प्रदेशबाट पनि तीर्थालु भक्तजन आउने गरेका स्थानीयवासी तथा बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर बोहराले बताए ।