धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025

प्रादेशिक विश्वविद्याल निर्माण सम्बिन्धमा गठित अध्ययन कार्यदल टोली प्रदेशको अवस्था अध्यन गर्दै

प्रादेशिक विश्वविद्याल निर्माण सम्बिन्धमा गठित अध्ययन कार्यदल टोली प्रदेशको अवस्था अध्यन गर्दै

धनगढी । उच्च शिक्षा नीति तथा प्रादेशिक विश्वविद्यालय निर्माणका लागि गठित उच्चस्तरिय अध्यन टोली प्रदेशको अवस्था बुझ्न जिल्ला भ्रमणमा निस्केको छ । सोही क्रममा उच्चस्तरिय अध्ययन टोली डोटी पुगेको छ ।

सुदूरपश्चिममा विश्वविद्यालयको संख्या पर्याप्त मात्रामा भएपनि यहाँका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन हुन नसकेका कारण छुट्टै विश्व विद्यालय आवश्यक पर्ने अध्यन टोलीको भनाई छ । पछिल्लो समयमा आवश्यक जनशक्ति उत्पादन गर्ने विद्यालय पर्याप्त मात्रामा नभएकाले आवश्यक जनशक्ति उत्पादन गर्नका लागि थप प्राविधिक विश्वविद्यालयको आवश्यकता रहेकाले सम्भाव्यता देखिन्छ, प्रदेश विश्वविद्यालय तथा उच्च शिक्षासम्बन्धी अध्ययन कार्यदल संयोजक डाक्टर हेमराज जोशीले भने,‘त्यसकालागि छलफल गरिरहेका छौं, सवैको राय पछि प्रतिवेदन तयार पारिने छ ।

टोलीले अबको समाजका लागि आवश्यक शिक्षा प्रणाली कस्तो हुनुपर्छ भन्नेलगायत विषयमा सवै जिल्लामा छलफल गरिरहेको उनले बताए । विद्यालयस्तरबाटै सैद्धान्तिक शिक्षाभन्दा व्यावहारिक शिक्षालाई जोड दिए शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन सकिने नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटी सदस्य केवि साउँदले बताए ।

निजी विद्यालयमा शिक्षाको सिकाइस्तर प्रभावकारी हुने तर लोकसेवा पास गरेर आएका सरकारी विद्यालयका सिकाइस्तर न्यून हुने कारण खातलेर सरकारले नीति पारित गर्नुपर्ने उनले बताए । प्रदेश सरकारले उच्च शिक्षा नीति निर्माण गरेर सुदूरपश्मिेली समुदायलाई पायक पर्ने ठाउँमा प्रादेशिक विश्वविद्यालय स्थापना गरिनुपर्ने डोटी बहुमुखी क्याम्पसका प्रमुख दिलानन्द जोशीले बताए ।

सरकारले हालसम्म उच्च शिक्षासम्बन्धी नीति निर्माण गर्न नसक्दा विभिन्न झमेला खेप्दै आउनुपरेकाले प्रदेश सरकारले विश्वविद्यालय निर्माण गर्दा अरु विश्वविद्यालयभन्दा फरकसम्बन्धी ठाउँमा उपयुक्त हुने किसिमको पाठ्यक्रम निर्माण गरेर अध्यापन गराउनुपर्ने क्याम्पस प्रमुख जोशीले बताए ।

गुणस्तरीय शिक्षाको अभावमा उत्पादन भएका जनशक्तिले विदेश पलायन हुनुपर्ने बाध्यता रहेकाले प्रदेश सरकारले शिक्षासम्बन्धी नीति निर्माण गर्दा सम्बन्धित ठाउँको आवश्यकता अनुसारको शिक्षा प्रणालीको विकास गर्नुपर्ने दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले बताइन् ।बताए ।