धनगढी पोष्ट
बिहिबार, ०२ मङि्सर २०७८ मा प्रकाशित
धनगढी । नेकपा एकिकृत समाजबादी पार्टीको प्रदेश कार्यालय धनगढीमा उद्घाटन गरिएको छ । प्रदेश तथा कैलाली जिल्ला कार्यालय उद्घाटन पार्टीका अध्यक्ष माधवकुमार नेपालले गरेका हुन् । कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले छिट्टै पार्टीको आफ्नै भवन निर्माण गर्ने बताए । त्यसका लागि सुदूरपश्चिमको नेतृत्व लाग्नुपर्ने उनले बताए ।
तत्कालिन एमाले तथा नेपाल कम्युनिस्ट पार्टीको कार्यालय रहेको भवनमा एकीकृत समाजवादीले बिहीबार प्रादेशिक कार्यालयको उद्घाटन गरेको हो । धनगढीमा रहेको भाडाको भवनमा एकीकृत समाजवादीले प्रादेशिक र कैलाली जिल्ला पार्टी कार्यालय सञ्चालन गर्ने भएको हो ।
उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय नेता, सुदूरपश्चिका मन्त्री तथा प्रदेशका नेतासहित कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।