धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

बालक मृत भेटिए

बालक मृत भेटिए

धनगढी । धनगढीमा उपमहानगरपालिका२ मा १० बर्षिय बालक मृत भेटिएका छन् । वडा नम्बर२ स्थित शिखर टोलमा बस्दै आएका बाजुराको खप्तड छेडेदह गाउँपालिका२ का बहादुर रोकायाका १० वर्षीय छोरा निशान मृत फेला परेका जिलला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बालक परिवार संग कोठा भाडामा बस्दै आएका थिए । बिहीबार कोठामै बालक मृत भेटिएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

उनकी आफ्नी आमा र बुवा बहादुर भने भारतमा छन् । माघी रोकाया बहादुरकी जेठी श्रीमती हुन् । माघी रोकाया एक छोरा र एक छोरीसंगै कार्तिक ३० गतेदेखि बेपत्ता रहेको जानकारी प्राप्त भएको छ, प्रहरी उपरीक्षक अधिकारीले भने, ‘घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ । घटनाका बारेमा स्थानीय संग पनि बुझ्नेकाम भइरहेको उनले बताए ।