धनगढी पोष्ट
शुक्रबार, ०३ मङि्सर २०७८ मा प्रकाशित
धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ को कार्यालयमा लगाइएको ताला ६ दिनपछि खुलेको छ । वडा कार्यालयका लागि तोकिएको स्थान पायक पर्ने नभएको भनदै नेपाली काँग्रेस र नेकपा एमालले तालावन्दी गरेका थिउ ।
वडा कार्यालयका लागि जग्गा छनौट भई भवनको डिपिआर समेत तयार भइसकेपछि दलहरुले विरोध गरेका हुन् । साविकको वडा नम्बर ८ मा वडा कार्यालय बनाउनुपर्ने माग राख्दै ६ दिनअघि उनीहरुले तालाबन्दी गरेका हुन् ।
तालाबन्दी गर्ने दुवै दलका नेतासँग स्थान छनोटका लागि नगरपालिकाको कार्यपालिका बैठकमा छलफल गरेर अघि बढ्ने सहमति भएपछि तालाबन्दी खुलेको कृष्णपुर नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष नथुराम चौधरीले बताए ।
६ कट्टा क्षेत्रफलमा वडा कार्यालय भवन निर्माणका लागि डीपीआर तयार पारेर बोलपत्र आह्वान समेत गरिसकेको अवस्थामा केही नेता तथा कार्यकर्ताले आफूअनुकुल वडा कार्यालय बन्नुपर्ने र आफ्नो कार्यकालमा कुनैपनि हालतमा कार्यालय बन्न नसकोस भनेर अनावश्यक विवाद निम्त्याउने गरेको वडा अध्यक्ष चौधरीले बताए ।