धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

दार्चुलाको दुहुँ गाउँपालिका संकटग्रस्त घोषणा

दार्चुलाको दुहुँ गाउँपालिका संकटग्रस्त घोषणा

धनगढी । सरकारले दार्चुलाको दुहुँ गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मंसिर २ गते बसेको मन्त्रीपरिषद्को बैठकले गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

सरकारको निर्णयले बाढीपहिरोले निम्त्याएको भौतिक क्षतिलाई पुर्ननिर्माण, पुनःस्थापन गर्न र पीडितहरुलाई उचित राहतको व्यवस्था गर्न सहज हुने गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताए ।

गृहमन्त्रालयले बाढीपहिरोबाट भएको क्षतिको पुर्ननिर्माण तथा पीडितका लागि विशेष कार्यक्रम ल्याउने जानकारी दिएको उनले बताए ।