धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

दुइ बर्षदेखि तलव नपाएका मज्दुर आन्दोलनमा

दुइ बर्षदेखि तलव नपाएका मज्दुर आन्दोलनमा

धनगढी । बैतडीको पाटन पञ्चेश्वर सडकमा कार्यरत मज्दुरहरु पारिश्रमिक नपाएपछि आन्दोलनमा उत्रेका छन् । काम गरेको दुई बर्ष सम्म पनि पारिश्रमिक नपाएको भन्दै पञ्चेश्वर सडकमा काम गरेका बैतडीका मज्दुर आन्दोलनमा उत्रेका हुन् । उनिहरुले यस अघिपनि दुई पटक आनदोलन गरेका थिए ।

२०७८ असार १८ गते देखि साउन ६ गते सम्म यस अघि पनि अनसन बसेका लेन्थवर्करहरू, सरोकारवाला सबैले समस्या समाधान गरिदिने आश्वासन दिएपछि अनशन तोडेका थिए । तर त्यो पूरा नभएपछि फेरि अनसन बस्न बाध्य भएको लेन्थवर्कर जय राम भुलले बताए ।

यस अघि अनसन बस्दा प्रमुख जिल्ला अधिकारी, पुर्वाधार कार्यालयका प्रमुख, पाटन नगरपालिका केहि जनप्रतिनिधिहरूले अशसन तोडन दवाव दिएका थिए । तीन महिना ठेकेदार संग काम गर्न पहल गर्ने , ठेकेदारले प्रदेश सरकारलाइ सडक बुझाएपछि आफुहरूलाइ लेन्थवर्कर नियुक्त गर्न पहल गर्ने लगायतका सहमति भएपछि अनसन तोडेका थिए ।

तर ठेकेदारले पुर्वाधार कार्यालयलाई सडक बुझाउदा समेत आफुहरूलाइ काममा लगाउन कुनै सुरसार नगरेको र दुई बर्ष यताको पारिश्रमिक समेत नपाएकोले आन्दोलनमा उत्रिनु परेको जय राम भुलको भनाई छ ।

अनसनको सुरूको तीन दिन शान्तिपूर्ण हिसावले बस्ने, यदि हाम्रा मागको सुनवाइ नभए पाटन पञ्चेश्वर सडक ठप्प पार्ने लेन्थवर्करहरूले चेतावनी दिएका छन ।