धनगढी पोष्ट
शनिबार, ०४ मङि्सर २०७८ मा प्रकाशित
धनगढी । नेपाली कांग्रेसको १४ औं महाँधिवेसन अन्तरगत शुक्रबार देखि भएको पालिका अधिवेसन अन्तरगत कैलालीका ७ वटा प्रदेश क्षेत्रमा सभापति चयन भएका छन् ।
नेपाली कांग्रेस कैलालीका महाँधिवेसन प्रचारप्रसार समिति सभापति नृप सुनारका अनुसार कैलाली निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन क्षेत्र (क) मा २ मा बलिराम चौधरी सर्वसहमत भयन भएका छन । १ को निर्वाचन क्षेत्र (ख) सर्वसहमतका लागि प्रयास जारी रहेको छ । यसैगरी क्षेत्र नम्बर २ को (क) क्षेत्रमा भीम जैशी र (ख) मा तेजप्रकाश मल्ल निर्वाचित भएका छन् ।
सुनारका अुनसार निर्वाचन क्षेत्र नम्बर ३ को (क) मा रामप्रकाश चौधरी र २ मा कमलराज चौधरी निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र नम्बर ४ को (क) मा काशिराम शर्मा र (ख) क्षेत्रमा गोपाल भट्ट निर्वाचित भएका प्रभारप्रसार समिति संयोजक सुनारले बताए । उनका अनुसार
कैलाली क्षेत्र नम्बर–५ का दुई वटै प्रदेश क्षेत्रमा भने नेतृत्व चयन हुन सकेको छैन । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को (ख) मा सभापतिका लागि ४ जना आकांक्षी रहेका छन् । शनिबार बिहानसम्म सर्वसहमतको प्रयास जारी रहे पनि सहमति नभएको उनले बताए ।
उनका अनुसार क्षेत्र नम्बर ५ को (ख) सभापतिका लागि रुपेश स्वार, धर्म उपाध्याय, केशव जोशी र मानबहादुर चौधरीले दावी गर्दै आएका छन् । यसैगरी क्षेत्र नम्बर ५ कै –क) मा पनि दुई जनाले सभापतिमा दावी गरेका छन् । क क्षेत्रमा सीताराम राना र कुम्भ गिरीले सभापतिमा दावी गरेका छन् ।