धनगढी पोष्ट शनिबार, १९ पुष २०८२   January 3, 2026

अख्तियारद्धारा कृषि ज्ञान केन्द्र कंचनपुरका कागजात नियन्त्रणमा

अख्तियारद्धारा कृषि ज्ञान केन्द्र कंचनपुरका कागजात नियन्त्रणमा

धनगढी

     कोरोनाको करहका बीचमा दिन प्रतिदिन भ्रष्टाचार बढ्दै गएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले महेन्द्रनगर स्थित कृषि ज्ञान केन्द्रका कागजात  नियन्त्रणमा लिएको छ ।

    कृषि अनुदान वितरणमा अनियमितता भएको उजुरीपछि अख्तियारको टोलीले आइतवार ज्ञान केन्द्रका कागजात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुर प्रमुख महेश पाण्डेले जानकारी  दिए ।

   अख्तियार प्रमुख पाण्डेले उजुरीपछि कृषि अनुदान वितरण सम्बन्धी थप छानबिन गरिने बताए । यसरी पछिल्लो पटक अख्तियार प्रमुख पाण्डेले भ्रष्टाचार अनियमितता रोकथाम तथा न्यूनीकरणका लागि सुदूरपश्चिममा आफ्नो सक्रियता बढाएसँगै उजुरी सम्बन्धी कागजात नियन्त्रणमा लिने क्रम जारी रहेको छ ।

   केही दिन अघि आर्थिक अनियमितता गरेको उजुरीका आधारमा अख्तियार महेन्द्रनगरले कञ्चनपुरकै बेलडाँडी गाउँपालिकामा कागजात नियन्त्रण लिएको थियो ।