धनगढी पोष्ट
शनिबार, ०४ मङि्सर २०७८ मा प्रकाशित
धनगढी । नेपाली कांग्रेसको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को २ मा प्रदेश सभापतिमा केशव जोशी चयन भएका छन् । ४ जनाले उम्मेदवारी दर्ता गरेको उक्त क्षेत्रमा जोशी शनिबार सर्वसम्मत रुपमा सभापति चयन भएका हुन् ।
शुक्रवार शुरु भएको अधिवेशनका क्रममा सभापतिमा रुपेश स्वार, धर्म उपाध्याय र मानबहादुर चौधरीले सभापतिमा उम्मेदवारी दर्ता गराएका थिए ।
यस्तै उपसभापतिमा अरुण सिंह र बेद अवस्थी, सचिवमा कलेन्द्र शाही र राज बहादुर ऐर, सहसचिवमा दुर्गा जोशी र राजेन्द्र रैका सर्वसम्मत चयन भएका छन् ।
कैलाली क्षेत्र नम्बर ५ को १ मा सभापतिमा उम्मेदवारी दर्ता गराएका सीताराम राना र कुम्भ गिरीबीच सर्वसहमतको प्रयास जारी छ ।