धनगढी पोष्ट
सोमबार, ०६ मङि्सर २०७८ मा प्रकाशित
धनगढी । खुकुरी प्रहार गरेर मारिएका कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ बर्षिय भुपेन्द्र बडुवाल हत्या प्रकरणमा नाम जोडिएका थप १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा १९ बर्षिय मदन शाही रहेका छन् । उनलाई धरानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।
उक्त प्रकरणमा पक्राउ परेका अन्य ९ जनालाई प्रहरीले सार्वजनिक गरिसकेको छ । इलाका प्रहरी कार्यालय टीकापुरमा किटानी जाहेरी दर्ता भएकोमा अझै ६ जना भने फरार छन् । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार किटानी जाहेरीअनुसार फरार रहेका ६ जनाको खोजी भइरहेको छ ।
गत कार्तिक २३ गते टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिक खुकुरी प्रहार गरेर लम्कीचुहा नगरपालिकाका–१ का २३ वर्षीय बडुवालको हत्या गरिएको थियो ।
सो प्रकरणमा लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज शाही, लम्कीचुहा–१ बस्ने १८ वर्षीय निशान मल्ल र २२ वर्षीय कपिल श्रेष्ठ, टीकापुर नगरपालिका–१ बस्ने २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह, २१ वर्षीय रोहित आले र विकास खड्का समेत पक्राउ परेका छन् ।