धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

एलपिएल ६ मा  थप तीन आकर्षण

एलपिएल ६ मा  थप तीन आकर्षण

धनगढी अन्तरबिद्यालय अण्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता  लिटल फलावर प्रिमियर लिग (एलपिएल) छैठौ संस्करण थप आकर्षण सहित संचालन हुने भएको आगामी माघमा आयोजना हुने एलएलपिल लाई भव्य रुपमा सफल पार्न थप आकर्षण थपिन लागेका हुन्

 प्रतियोगितालाई अझै व्यवस्थित बनाउने कामको निरन्तरताको रुपमा यस बर्ष आयोजना हुने एलपिएल मा  तीन आकर्षण थपिरहेका छौं लिटल फलावर स्पोर्टस एण्ड इभेन्टका कार्यकारी अध्यक्ष रामचन्द्र शाहीले भने यसै क्रममा यसपटक प्रतियोगिताका प्रत्येक खेलको वेवसाइटबाट लाइभ स्कोरिङ गरिनेछ

कार्यकारी अध्यक्ष शाहीका अनुसार प्रतियोगिताको टेलिभिजनबाट  प्रत्यक्ष प्रसारण गरिने प्रतियोगितामा गेम चेन्जर अवार्ड  प्रत्येक खेलमा सबै भन्दा बढी छक्का प्रहार गर्नेलाई अवार्ड प्रदान गरिनेछ

बिगत बर्षमा १६ टीमको सहभागिता रहेकोमा यसपटक १० टीमको मात्र सहभागिता रहनेछ जसमध्य काठमाण्डौका टीम, कन्चनपुरका टीम कैलालीका टीमको सहभागिता निश्चित भएको

यसपटक सबै टीमलाई दुई समुहमा बिभाजित गरेर लिग चरणका खेल खेलाइनेछ   कार्यकारी अध्यक्ष शाहीले भने   टीमको सहभागिता कम हुदा प्रत्येक टीमले लिग चरणमा बढी खेल खेल्न पाउने भएका छन् यसले टीमहरुलाई क्षमता देखाउन बढी अवसर प्राप्त हुनेछ  

यसपटक लिग चरणमा प्रत्येक टीमले चार खेल खेल्नेछन् यसअघिका  प्रतियोगितामा लिग चरणमा प्रत्येक टीमले तीन खेल खेल्ने अवसर पाउथे गत बर्ष १६ टीमको सहभागिता रहेको थियो

कार्यकारी अध्यक्ष शाहीले यस बर्ष पुरस्कारको आकार गत बर्षको भन्दा केही बढी हुने बताए

प्रतियोगितामा प्रत्येक टीमले चार जना बिद्यालय बाहिरका १९ बर्ष मुनिका खेलाडी सहभागी गराउन पाउँछन्