धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

खोप कार्ड विना नेपाल, भारत ओहोर दोहोर गर्न नपाइने

खोप कार्ड विना नेपाल, भारत ओहोर दोहोर गर्न नपाइने

धनगढी । कोरोना विरुद्धको खोप नलगाएका नागरिकलाई नेपाल, भारत ओहोर दोहोर गर्न रोक लगाउने नेपाल र भारतयि अधिकारी विच सहमति भएको छ ।

नेपाल र भारत दुवै देशमा आवतजावत गर्न लागि अनिवार्य रूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले रेसिप्रोकल रिकग्निसन अफ कोभिड भ्याक्सिन सर्टिफिकेट सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य सचिव डा. पोखरेलका अनुसार उक्त सहमति पछि भारत  र नेपालका दुवै देशका नागरिकले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिएर मात्रै आवतजावत गर्न पाउने बताए छन् ।