धनगढी पोष्ट
मङ्गलबार, ०७ मङि्सर २०७८ मा प्रकाशित
धनगढी । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा सम्पन्न नेपाली कांग्रेसको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा रमेश लेखक समुहका सवै उम्मेदवार पराजित भएका छन्, भने एनपि साउँद पक्षका उम्मेदवार विजयी भएका छन् ।
क्षेत्र नम्बर २ का साउद प्यानलका लालबहादुर सिंह दोब्बरभन्दा बढी मतान्तरले क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । उनले लेखक प्यानलका उम्मेदवार नवराज जोशीलाई १ सय ८४ मतान्तरले पराजित गरे । सिंहले खसेको ५ सय ४ मतमध्ये ३ सय ४१ र जोशीले १ सय ५७ मत पाएका छन् । यसैगरी सचिवमा साउद प्यानलका गणेशबहादुर सिंह ३ सय ५० र थानेश्वरप्रसाद भट्ट ३ सय ३१ मतसहित विजयी भएका छन् । लेखक प्यानलका उम्मेदवारहरु घनश्याम जोशी र नारायण बोहराले क्रमशः १ सय ३० र १ सय ३१ मत ल्याएर पराजित भए ।
साउद प्यानलकै काशीराम भाट ३ सय १५ मत र रमेशप्रसाद भट्ट २ सय ७६ मतसहित सहसचिवमा निर्वाचित भएका छन् । लेखक प्यानलबाट सह सचिवमा उम्मेदवारी दिएका जयबहादुर ऐरले १ सय ८२ र प्रदीप खड्काले १ सय ५० मत ल्याएर पराजित भए ।
क्षेत्र नम्बर २ मा लेखक प्यानलका सबै उम्मेदवार पराजित भएका युवा नेता हिक्मत भण्डारीले बताए ।