धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

कैलाली–४को क्षेत्रिय सभापतिमा रोकाया विजयी

कैलाली–४को क्षेत्रिय सभापतिमा रोकाया विजयी

धनगढी । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नम्बर ४ को क्षेत्रिय सभापतिमा बसन्त रोकाया निर्वाचित भएका छन । सोमबार भएको निर्वाचनमा प्रतिद्धन्दी दिनेश जोशीलाई ४८ मत अन्तरले पराजित गर्दै रोकाया निर्वाचित भएका हुन ।

क्षेत्रिय सभापतिमा निर्वाचित रोकायाले २७९ मत पाएका थिए भने उनका प्रतिद्धन्दी जोशीले २३१ मत पाएका छन । दुवै बिचको मतान्तर ४८ रहेको छ । चुनावको मतगणना मंगलबार साँझ सकिएको छ ।

मतदान अधिकृत मदन बहादुर बमले कुल ५ सय ४३ मत खसेको र बाँकी मत बदर भएको बताए । यद्धपी सोमबार उनले ५ सय ४६ मत खसेको जानकारी दिएका थिए । केही त्रुटी भएको होला । अहिले मत गन्दा ५ सय ४३ भयो मतदान अधिकृत बमले भने ।

सभापतिमा निर्वाचित रोकाया नेपाली कांग्रेस कैलालीका जिल्ला सदस्य समेत रहेका छन । उनी अत्तरिया उद्योग बाणिज्य संघ सस्थापक अध्यक्ष हुन ।