धनगढी पोष्ट
बुधबार, ०८ मङि्सर २०७८ मा प्रकाशित
धनगढी । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन नहुने बताएका छन् । कैलालीमा हुने पार्टीका कार्यक्रममा सहभागि हुन धनगढी आउने क्रममा धनगढी विमानस्थलमा पत्रकार संग कुरा गर्दै अध्यक्ष प्रचण्डले सरकार परिवर्तन सम्बन्धी कुनै छलफल नभएकाले ढुंक्क भएर जनताका पक्षमा काम गर्न आग्रह गरे ।
‘प्रदेश सरकार परिवर्तन हुँदैन,’ उनले भने, ‘यस विषयमा गठबन्धनमा कुनै छलफल समेत भएको छैन, त्यसैले ढुक्क जनताका पक्षमा काम गर्न आग्रह गर्न चाहन्छ ।’