धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

ओरजिनल एमसिसि पास गर्नुपर्छ :प्रचण्ड

ओरजिनल एमसिसि पास गर्नुपर्छ :प्रचण्ड

धनगढी । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्टि कमल दहाल प्रचण्डले केपि ओलीले परिमार्जन गरेको एमसिसि नभई सुरुमा सम्झौता भएको ओर्जिनल एमसिसि पारित गर्नुपर्ने बताएका छन् । तत्कालिन शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा संसदबाट पारित गर्नुपर्ने गरी एमसिसि सम्झौता भएको थिएन, पार्टीको कार्यक्रममा सहभागि हुन बुधबार धनगढी पुगेका अध्यक्ष प्रचण्डले धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने,‘पछि ओली सरकारले त्यसलाई परिमार्जित गरेर संसदबाट पास गर्नुपर्ने नीति ल्याएपछि विवाद बढेको छ, त्यसैले सुरुको सम्झौतामा फर्केर सम्झौता पास गर्नुपर्ने देखिन्छ ।

अमेरिकाले दिएको ऋण वा अनुदान सहयोग नलग्ने भन्ने नेपालको नीति नभएको उनले बताए । उनले अमेरिका संग ७५ बर्ष देखी सम्बन्ध रहेको र त्यस विचमा सवै सहयोग नेपालले लगेको भन्दै एमसिसि पनि नेपालले स्वीकार गर्नुपर्ने बताए ।

तर संसदबाट पारित गर्ने भन्दै ओली नेतृत्वको सरकारले एमसिसिका केही जटिल बुदा थपेको छ, उनले भने, ‘सुरको सम्झौता विवादित थिएन, त्यसैले सुरुवाती सम्झौतामा फर्केर सो योजना पास गर्नुपर्दछ । यस विषयउमा अठेका प्रस्न समाधान गर्न सवै दल, सम्पादक पत्रकारको धारण लग्ने र बुद्धिजिबीको धारण लगेर यसलाई साझा धारणा बनाएर पास गरिनुपर्ने बताए ।