धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

बाजुराका दुई प्रहरीमा कोरोना पुष्टी, प्रदेशभर ७ प्रहरी संक्रमित

 

धनगढी,

  सुदूरपश्चिम प्रदेशको बाजुरामा दुई जना प्रहरीलाई कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टी भएका प्रहरीको संख्या ७ पुगेको छ ।

   बाजुरा स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तका अनुसार संक्रमण पुष्टि भएका प्रहरी क्वारेन्टिनमा खटिएका थिए । दुबै प्रहरी जवानको जिल्ला स्थित आईसोलेसनमा राखेर उपचार भईरहेको उनले बताए । यसअघि कञ्चनपुरका तीन, बाजुरा र अछामका एक÷एक जना प्रहरीमा कोरोना पुष्टि भएको थियो । कञ्चनपुरका संक्रमित प्रहरी गड्डाचौकीमा भारतबाट आउने नेपालीहरुको समन्वयका लागि र क्वारेन्टिन सुरक्षार्थ खटिएका थिए ।

  यस्तै अछाम र बाजुराका संक्रमित प्रहरी क्वारेन्टिनमा खटिएका थिए । सुदूरपश्चिममा अहिलेसम्म एक प्रहरी सहायक निरीक्षक, एक हवल्द्धार र पाँच जना प्रहरी जवान गरी सात प्रहरीमा कोरोना पुष्टि भएकोमा चार जना निको भएर पुनः ड्यूटिमा खटिसकेका  छन् ।