धनगढी पोष्ट
बुधबार, ०८ मङि्सर २०७८ मा प्रकाशित
धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा सुरुवा भएका प्रहरी निरिक्षक वकिल बहादुर सिंहले कार्यभार सम्हालेका छन् । साईबर ब्युरो काठमाण्डौबाट उनलाई ट्राफिक प्रहरी कार्यालय कैलालीको प्रमुखका रुपमा खटाइएको थियो ।
यस अघि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहोराको महानगरिय प्रहरी परिषर काठमाण्डौमा सरुवा भएको हो ।
कार्यभार सम्हाल्दै नवनियुक्त ट्रापिक इन्चार्ज सिंहले कैलालीको माहोललाई बुझ्दै ट्राफिक नियमको कार्यान्वयन गरिने बताए । ‘कैलाली लगायत धनगढीमा सवारी जाम र दुर्घटना बढ्दो क्रममा रहेको छ,’ उनले भने,‘यसैतर्फ मेरो ध्यान केन्द्रित हुने छ, सवारी चालकलाई ट्राफिक नियमका बारेमा जानकारी दिन आवश्यक हुन्छ भनने मैले ठानेको छु ।’ वडा प्रहरी कार्यालय धनगढीको ईन्चार्ज भइसकेका सिंह कैलाली र धनगढीको वस्तु स्थितीबारेमा जानकार छन् ।