धनगढी पोष्ट
बिहिबार, ०९ मङि्सर २०७८ मा प्रकाशित
धनगढी । नेपाली कांग्रेसको १४ औं महाँधिवेसन अन्तरगत कैलालीका सम्पन्न संघिय क्षेत्र निर्वाचनबाट जिल्लाको नेतृत्वमा आकांक्षि सवै नेता विजयी भएका छन् ।
नेपाली कांग्रेस कैलालीको सभापतिका लागि वर्तमान उप सभापति प्रकाश बमले घोषणा नै गरिसकेका छन् भने, धनगढी उपमहानगरपालिकाका मेयर नृपवहादुर वड, पूर्व उपसभापति नारायण भट्ट, खेमराज चौधरी, गणेश देउवा र युवानेता भीम वडुवाल आकांक्षि रहेका छन् । उनिहरु सवै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन ।
सभापतिका आकांक्षि नृपबहादुर वड, नारायण भट्ट तथा गणेश देउवा कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका हुन । यस्तै गरेर खेम चौधरी र वडुवाल क्षेत्र नम्बर ३ बाट विजयी भए । भने उपसभापति प्रकाशवहादुर वम क्षेत्र नम्बर ४ बाट विजयी भएका छन् । ।
नेपाली कांग्रेसको विधान अनुसार जिल्ला सभापति हुन महाँधिवेसन प्रतिनिधिमा छानीनु पर्ने हुन्छ । सोही पद्धति अनुसार कैलालीमा बुधबार सम्पन्न ५० जना खुल्ला १५ जना महिला र ५ जना अपाङ्क, जनजातीकोटाबाट महाँधिवेसन प्रतिनिधी छनौट भएका छन् ।
वम र बडुवाल एक मतले मात्र महाधिवेशन प्रतिनिधि हुन सफल भएका हुन । यद्यपी क्षेत्र नम्बर ४ मा १० नम्बरमा एक जना छानिनु पर्नेमा तीन जनाको वरावर मत आएकोले पूरै मत फेरि गणना हुन पर्ने विवाद चलिरहेको छ ।
छ जना दावेदार नै सो पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन् । सभापति सहित जिल्लाका सवै पदमा भोली मंसिर १० गते चुनाव हुने कार्यक्रम छ ।