धनगढी पोष्ट आइतबार, १३ माघ २०८१   January 26, 2025

कैलाली कांग्रेसको सभापतिमा संस्थापनकै चार  दावेदार

कैलाली कांग्रेसको सभापतिमा संस्थापनकै चार  दावेदार

धनगढी नेपाली कांग्रेस कैलालीको सभापतिका लागि पार्टी सभापति शेर बहादुर देउवाकै समुहका चार जना नेताहरु प्रतिस्पर्धामा उत्रिने भएका छन् । संस्थापनको पकड रहेको  कैलालीमा समुहमा नै लड्ने तयारी उनीहरुले गरेका छन् ।

कांग्रेस कैलालीका उपसभापति प्रकाश बहादुर बम, पुर्व  जिल्ला उपसभापति नारायणदत्त भट्ट, क्षेत्र नम्बर ३ का  निवर्तमान सभापति खेम राज डगौरा थारु र  महाधिवेशन प्रतिनिधि भीम बडुवालले सभापतिका लागि प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।

बम र थारुले जिल्ला पार्टी सभापति नरनारयण शाहको समर्थनमा आफु उम्मेदवार हुन लागेको बताइरहेका छन् ।  भट्ट र बम जिल्ला सभापति शाहको बिरोधी समुहरुको समर्थनमा उम्मेदवार बन्न लागिरहेका हुन् ।

उपसभापति बमले कार्तिक २२ गते पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेदवारीको घोषणा गरिसकेका छन् । लामो समयदेखि सभापतिको तयारीमा आफु लागेको उल्लेख गर्दै बमले समुह नै बनाएर निर्वाचनमा  प्रतिस्पर्धा गर्ने बताए । मेरो सबैसँग छलफल भैरहेको छ ।  सभापतिका  दावेदार बमले भने  जिल्लाभरिका साथीहरु समेटेर टीम बनाएर चुनावमा जान्छौं ।

जिल्लाभरिका  सबै पालिकाहरुमा आफ्नो पकड रहेको उल्लेख गर्दै बमले सबैको समर्थनमा जीत पनि हासिल हुने दावी गरे ।

सभापतिका अर्का दावेदार नारायण दत्त भट्ट आफु सभापतिमा प्रतिस्पर्धाको तयारीमा रहेको बताए । म सभापतिमा लड्छु । कैलाली कांग्रेसको लामो समय उपसभापति भैसकेका  भट्टले भने सबै साथीहरुको सहयोग र समर्थले म चुनाव लडिरहेको छु ।   कांग्रेसलाई अझै बढी क्रियाशील र सशक्त बनाउन र आगामी निर्वाचनमा बिजयी बनाउन आफु सभापतिमा प्रतिस्पर्धा गर्न लागेको भट्टले बताए ।

सभापतिका दावेदार बडुवाल र भट्ट अघिल्लो जिल्ला अधिवेशनमा पनि सभापतिमा प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणमा कसैको पनि बहुमत नआएपछि भएको दोश्रो चरणको निर्वाचनमा भट्टले बडुवाललाई समर्थन गरेका थिए । उक्त निर्वाचनमा नरनारायण शाह सभापतिमा निर्वाचित भएका थिए ।

 जिल्लाभरिका प्रतिनिधिहरुको आग्रहमा आफु सभापतिमा प्रतिस्पर्धा गर्ने तयारीमा लागेको सभापतिका दावेदार बडुवालले बताए । जिल्लाभरिका प्रतिनिधि समेट्न  प्यानल नै बनाएर अघि बढ्ने बडुवालले बताए । अघिल्लो पटक पनि चुनाव लडे, तर टीम बनाएन, त्यसको क्षति ब्यहोर्नु परयो । बडुवालल् भने यसपटक त जिल्लाभरिका साथीहरु समेटेर टीम नै बनाएर  चुनाव लड्छौं । बडुवालले अघिल्लो अधिवेशनको बेलामा कृष्णल सिटौलाको टीमबाट सभापतिमा प्रतिस्पर्धा गरेका थिए ।

पार्टीलाई बलियो बनाउन र र संस्थागत रुपमा संचालन गर्नका लागि सभापतिमा प्रतिस्पर्धा गर्न लागेको बडुवालले बताए ।

 सभापतिका अर्का दावेदार कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ का निवर्तमान सभापति खेम राज डगौरा थारु  हुन् ।  पार्टीलाई संस्थागत रुपमा संचालन गर्न र बलियो बनाएर लैजान आफुले सभापतिमा प्रतिस्पर्धा गर्न लागेको चौधरीले बताए । म अहिले पनि सार्थीहरुका बीचमा छु, उम्मेदवारीको घोषणा गर्दैछु । थारुले भने  मैले  सभापतिमा प्रतिस्पर्धा गर्न लामो समयदेखि तयारी गर्दै आएको छु ।

नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत कैलालीमा कार्तिक २७ गते वडा अधिवेशन शुरु भएको थियो । मंसिर १० गते हुने जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि निर्वाचन हुनेछ । कांग्रेसमा महाधिवेशन प्रतिनिधिहरुले मात्र जिल्ला सभापतिमा  प्रतिस्पर्धा गर्न पाउँछन् ।