धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको शव टिकापुर अस्पतालमा राखियो, ५ घण्टा पछि खुल्यो पूर्व पश्चिम राजमार्ग

ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको शव टिकापुर अस्पतालमा राखियो, ५ घण्टा पछि खुल्यो पूर्व पश्चिम राजमार्ग

धनगढी कैलालीको लम्कीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि आक्रोसित स्थानीयले गरेको सडक अबरुद्ध प्रहरीले बल प्रयोग गरेर सुचारु गरेको छ ।

ट्रकको ठक्करबाट मृत्यु भएकि टिकापुर नगरपालिका२ की ४० बर्षिया महिलाको शव टिकापुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी प्रहरी उपरिक्षक विश्व अधिकारीले बताए । ५ घण्टा सम्म सडक अबरुद्ध बनेपछि यात्रुको समस्यालाई मध्यनजर गर्दै बल पूर्वक सडक सुचारु गराइएको छ, प्रहरी प्रमुख अधिारीले भने,‘महिलाको शव टिकापुर अस्पतालमा राखिएको छ, भोलि थप छलफल हुने छ ।

बिहीबार दिउँसो १२ बजे तिर पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की सडक खण्डमा  ना२ख ९३७० नम्बरको ट्रकको ठक्करबाट टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको थियो 

उनको मृत्यु भएपछि दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग राख्दै आक्रोशित स्थानीयले १२ बजे देखिनै पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेर आन्दोलनमा उत्रेका थिए । आन्दोलित स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी समेत  गरेका थिए ।