धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025
कैलाली निर्वाच क्षेत्र नम्बर ४ को मतगणना विवाद टुंगिएन

मतगणनाको विवाद नटुंगिदा काँग्रेस कैलालीको अधिवेशन स्थगित

मतगणनाको  विवाद नटुंगिदा काँग्रेस कैलालीको अधिवेशन स्थगित

धनगढी    मतगणनाको बिवाद समाधान हुन नसकेपछि नेपाली कांग्रेस कैलालीको  अधिवेशन अन्तिम समयमा आएर स्थगित भएको अधिवेशन राष्टिय महाधिवेशनपछि आयोजना हुने

निर्वाचन क्षेत्र नम्बर मा महाधिवेशन प्रतिनिधिको मतगणनाको क्रममा उत्पन्न भएको विवाद बिहीवार साझसम्म पनि समाधान नभएपछि जिल्ला अधिवेशन स्थगित हुने भएको हो

काँग्रेसको १४ महाधिवेशन तालिका अनुसार मंसिर १० गते कैलालीमा पनि अधिवेशन हुने कार्यक्रम रहेको

जिल्ला कार्यसमिति सदस्य एवम अधिवेशन प्रचार प्रसार समितिका संयोजक नृप सुनारले अधिवेशन शुक्रवारको लागि स्थगित हुने सम्भावना बढेर गएको बताए चार नम्बरको विवाद समाधान भैनसकेकोले तोकिएकै मिति (मंसिर १० ) मा हुन नसक्ने अवस्था सृजना भएको प्रचार प्रसार समितिका संयोजक सुनारले भने  त्यसैले अधिवेशनका बारेमा कार्यसमितिको बैठक बसेर ठोस निर्णय गर्नेछ

  अधिवेशन स्थगित गर्ने बारेमा औपचारिक निर्णय गर्न  शुक्रवार ( मंसिर १० गते ) बिहान जिल्ला कार्यसमितिको बैठक बस्दैछ

स्थगित भएको अधिवेशन राष्टिय महाधिवेशन पछि हुनेछ विवाद भएका जिल्लामा राष्टिय महाधिवेशनपछि जिल्ला अधिवेशन गर्ने नेपाली कांग्रेस केन्द्रिय कार्यालयले सर्कुलर गरेको

मंसिर गते भएको निर्वाचन क्षेत्र नम्बर को महाधिवेशन प्रतिनिधिको निर्वाचनको मतगणनामा विवाद भएपछि अझै औपचारिक रुपमा नतिजा  सार्वजनिक भएको छैन मतगणना निष्पक्ष नभएको भन्दै दिर्घराज भाट पक्षका उम्मेदवारहरुले आपत्ति जनाएका छन् उक्त पक्षका पाँच जनाले पुन  मतगणनाको माग गर्दै निवेदन दिएका छन्

 बिहीवार दिनभरि  मतगणनाको विवादका बारेमा छलफल भए पनि सहमति हुन सकेन नेपाली कांग्रेस कैलालीको निर्वाचनका लागि खटिएका जिल्ला निर्वाचन अधिकृत टेकराज सुवेदीले निर्वाचनका कागजात नियन्त्रणमा लिएर विवादका दुवै पक्षसँग छलफल गरेका छन्   विहीवारदेखि मैले विवादका बारेमा छलफल शुरु गरेको छु जिल्ला निर्वाचन अधिकृत सुवेदीले भने मैले एक एक गरेर छलफल गरे शुक्रवारसम्म निष्कर्षमा पुगिन्छ  

आफुले दुवै पक्षका उम्मेदवारहरुसँग पटक पटक छलफल गरेको उल्लेख गर्दै जिल्ला निर्वाचन अधिकृत सुवेदीले प्राप्त तथ्य सबैको भावना समेटेर निर्णय हुने बताए

मंसिर गते निर्वाचन क्षेत्र नम्बर को मतगणना सकिएको थियो मतगणनका बारेमा विवाद भएपछि सो क्षेत्रका मतदान अधिकृत मदन बहादुर बम सम्पर्कबिहीन भएका थिए सो क्षेत्रका मतपत्र अरु कागजातहरु प्रहरीको सुरक्षामा राखिएका छन्

क्षेत्र नम्बर को महाधिवेशन प्रतिनिधिको मतगणनामा बढी मत पाउने सात जनाको बारेमा कुनै विवाद  छैन   त्यसपछिको क्रममा मत प्राप्त गरेका उम्मेदवारले प्राप्त गरेको मतका बारेमा भाट समुहले  शंका व्यक्त गर्दै आएको

मतगणनमका निष्पक्षता नभएको आफ्ना मतगणनमा खटिएका प्रतिनिधिहरुले पत्ता लगाएको दावी गर्दै भाट समुहका नेता उत्तम कठायतले मतगणनामा एउटाका मत अर्कोका नाममा गणना गरिएकाले आफुहरुले पुन मतगणनाको माग गरेको बताए

मतगणनमा निष्पक्षता भएको छैन, एउटाले पाएका मतहरु अर्कोका नाममा गणना गरिएका छन् कठायतले भने पुन मतगणना नभएसम्म मतगणना मान्य हुदैन